मुम्बई(एजेन्सी) । निर्देशक एमएस राजामौलीको सुपरहिट फिल्म ‘बाहुबली’को सफलता पछि हरेकको आँखा अभिनेता प्रभासको आगामी फिल्म कस्तो हुने हो भन्नेमा केन्द्रित भइरहेको छ । उनका प्रशंसक, आलोचक र समिक्षकसमेत उनको आगामी फिल्मको पखाईमा छन् ।
प्रभासको हिन्दी–तमिल–तेलुगु फिल्म ‘साहो’लाई भारतको सबैभन्दा ठूलो एक्सन फिल्म मानिएको छ । फिल्मलाई धमाकेदार एक्सन बनाउनका लागि फिल्मका निर्माताले हलिउड फिल्म ‘ट्रान्सफर्मस’का एक्सन डिरेक्टर केनी बेट्सबाट प्रभासले एक्सनको प्रशिक्षण लिइरहेका छन् । १ सय ७५ फिल्ममा आफ्नो स्टन्ट दिइसकेका केनीले प्रभासलाई एक्सनका विभिन्न फर्मुला सिकाउनेछन् ।