
काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र मोडल करुणा श्रेष्ठको अभिनय रहेको ‘तिम्रो स्पर्श’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा सुरजराज खत्रीको शब्द, कम्पोज र स्वर रहेको छ । भिमफेदी गाइजका निर्मलकुमार लामाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा आकाश र करुणा रोमान्टिक भावमा देखिएका छन् ।
आरोह रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका अडियो निर्माता किरण आले मगर हुन् । प्रवेश खत्री प्रोजेक्ट म्यानेजर रहेको गीतमा पवन सुस्लिङको छायांकन छ । यो गीतको भिडियोको सम्पादन र कलर पनि पवनले नै गरेका छन् ।



