भदौ २ गतेलाई रिलिज मिति तय गरेको फिल्म ‘ग्याङस्टार ब्लुज’को ‘स्याड भर्सन’ गीत रिलिज भएको छ। सार्वजनिक ‘आधा कुरा’ बोलको गीतमा कालीप्रसाद बास्कोटाको संगीत, कालीप्रसाद र एकतारेको शब्द समावेश छ। गीतमा सनुप पौडेलले स्वर दिएका छन्। भिडियोमा फिल्मका मुख्य कलाकार आना शर्मा र आशिरमान देशराज जोशी प्रस्तुत भएका छन्।
फिल्म ‘ग्याङस्टार ब्लुज’मा आशिर र आनाका अलवा संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ। हेमराज बिसीले निर्देशन गरेको फिल्ममा सरोज न्यौपानेको लगानी छ।