असोज ११ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘मेरो पैसा खोई ?’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘ओ कान्छी’ बोलको गीतमा बसन्त सापकोटाले संगीत संयोजन गरेका हुन्। गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर समावेश छ। सार्वजनिक भिडियोमा नायक सौगात मल्ल बेहुला र नायिका वर्षा राउत बेहुलीको भेषमा सजिएका छन्। कमल राईको नृत्य निर्देशन रहेको भिडियोमा हरि घले लामाको छायाँकन, सुवास देवकोटाको सम्पादन रहेको छ।
वितरक वितरक सुनिल मानन्धरले आसोज ११ गते देखि फिल्म ‘मेरो पैसा खोई ?’लाई प्रदर्शनमा ल्याउने दाबी गरे पनि गीतको भिडियोमा प्रदर्शन मिति उल्लेख गरिएको छैन्।
हेर्नुहोस् भिडियो :
रोज राणाको निर्देशनमा तयार भएको फिल्ममा रोजकै लगानी रहेको छ। फिल्ममा सौगात र वर्षाका अलवा छुल्ठिम गुरुङ, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतको अभिनय रहेको छ।
सुरुमा फिल्म ‘मेरो पैसा खोई ?’ लाई बलिउडका निर्देशक विवेक शर्माले निर्देशन गरेका थिए। उनले केहि दिनको छायाँकन पनि सकेका थिए। तर पच्छी उनले छायाँकन भएको सम्पूर्ण फुटेज डिलेट गरेर भारत भागे। उनि भारत भागे पछि निर्माता रोज राणाले नै फिल्म निर्देशनको जिम्मा लिएका हुन्। यसअघि रोजले ‘जय परशुराम’ निर्देशन गरिसकेका छन्।