अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा रियल लाइफमा पनि प्रेममा छन् । यो जोडीको प्रेम चर्चा नेपाली मिडियामा चलेको लामो समय भैसक्यो । तर, यी दुइले आफूहरुलाइ मिल्ने साथीको रुपमा मात्र परिचित गराउँदै आएका छन् ।
तर, यी दुइको प्रेम फिल्म ‘नाइ नभन्नु ल ४’ देखि नै फस्टाएको हो । पल र आँचलको रियल जोडी रिलमा पनि देखियो । यी दुइको मुख्य भूमिका रहेको फिल्म ‘जोनी जेन्टलम्यान’ भदौ ३० गतेबाट रिलिज भएको थियो ।
तर, यो फिल्म बक्स अफिसमा कमजोर भयो । पल र आँचलको जोडी फिल्म चल्नु अगाडि जुन शैलीमा चर्चित बन्यो, फिल्म चलेपछि यी दुइको कामको खासै चर्चा भएन । नितिन चन्दको कमजोर कथा र निर्देशनको साथै पल र आँचलको कामले पनि आलोचना भोग्यो । यसैले, रियल लाइफको जोडीलाइ रिल लाइफमा दर्शकले रुचाएनन् ।
पल र आँचललाइ दर्शकले फिल्म ‘शत्रु गते’मा हेर्न पाउनेछन् । प्रतिक्षा गरौ, यो फिल्मबाट यो जोडी रिल लाइफमा पनि चल्न