बलिउड अभिनेता सलमान खान सधै नै विवादमा रहन्छन् । यसपटक, उनी ‘बीग बोस’को नयाँ सिजनलाइ लिएर विवादमा आएका छन् । यो शोको पहिलो ‘विकेन्डका वार’मै सलमान विवादमा आएका छन् । उनले, शोका प्रतिस्प्र्धी जुबेर खानलाइ शनिबार प्रशारित शोमा निकै गाली गरे । जुबेरले घरका महिला र अन्य सहभागीसँग गरेको व्यवहारको रिपोर्ट लिएर कार्यक्रम चलाउन पुगेका सलमान उनी विरुद्ध खनिए ।
यतिमात्र होइन, सलमानकै कारण जुबेर शोबाट बाहिर पनि निस्किएका छन् । तर, जुबेर घरबाट बाहिर निस्कने वित्तिकै चुप लागेर बस्ने अवस्था देखिएको छैन । उनले, सलमान विरुद्ध एफआइआर दर्ता गरेका छन् । सलमानले आफूलाइ धम्की दिएको भन्दै उनले एफआइआर दर्ता गराएका हुन् । एफआइआरमा भनिएको छ कि–‘शोका संचालक सलमान खानले मलाइ कुत्ता बनाउने, घर बाहिर आएपछि नछाड्ने जस्तो चेतावनी दिएका छन् । यस्तै, उनले मलाइ फिल्म नगरिमा काम गर्न नदिने सम्मको चेतावनी दिएका छन् ।
जुबेरको यो उजुरीलाइ प्रहरीले कसरी छानबिन गर्ने हो, त्यो हेर्न बाँकी छ । तर, सलमान फेरि विवादमा तानिएका छन् ।