जब, यशराज फिल्मले एक नयाँ द्धन्द्धात्मक कथा बोकेको फिल्मको घोषण गर्यो, बलिउड नै अचम्मित भएको थियो । यसको मुख्यकारण थियो, फिल्मका मुख्य २ अभिनेता ।
यो फिल्ममा अभिनेता ऋतिक रोशन र टाइगर श्राफले एकसाथ काम गर्दैछन् । टाइगर ऋतिकका निकै ठूला फ्यान पनि हुन् । यसैले, यी दुइ एकसाथ पर्दामा देखिने भएपछि बलिउड अचम्ममा पर्नु स्वभाविक नै हो ।
ऋतिक र टाइगरको साथमा देखिने लक्की अभिनेत्रीको भने फाइनल भएको थिएन । यी दुइ स्टारसँग देखिने अभिनेत्रीको भाग्य चम्किने पक्का जस्तै छ । तर, अब भने फिल्मका लागि अभिनेत्री फाइनल भएकी छिन् । यो फिल्ममा अभिनेत्री बाणी कपुरले काम गर्ने पक्का भएको भारतीय मिडियामा लेखिएको छ ।
यो फिल्ममा बाणीले अभिनेता ऋतिक रोशनसँग रोमान्स गर्नेछिन् । फिल्मका निर्देशक सिद्धार्थ आनन्दका अनुसार, यसको नाम ‘ऋतिक भर्सेस टाइगर’ राखिएको छ । उनले आफूले फ्रेस अभिनेत्रीको खोजी गरेको र बाणी कपुरलाइ लिएको खुलाएका छन् ।