दुइ साता अगाडि बलिउड अभिनेत्री सोहाअली खानले छोरीलाइ जन्म दिएकी थिइन् । छोरी जन्मिएपछि सोहाका पति कुनाल निकै खुशी पनि छन् । कुनालले आफ्नी छोरीको नाम इनाया नौमी राखेका छन् । यो नामको अर्थ अल्लाको सुन्दर उपहार भन्ने हुन्छ ।
सोहाले छोरीलाई जन्म दिएपछि कुनालले ट्विटर मार्फत आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था ठिक रहेको बताएका छन् । उक्त समयमा सोहाले आफ्नी छोरीको तस्बिर ट्विटरमा ट्विट गरेकी थिइनन् ।
तर, सोहाले आफ्नो ट्विटरको माध्यमबाट कुनाल र छोरीको तस्बिर शेयर गरेकी छिन् । उनले कुनाल एक परिपक्क पिता भएको समेत खुलाएकी छिन् । कुनालले छोरीलाई आफ्नो काखमा बोकेका छन् । छोरी र पिताको बोन्डिङ देखेर सोहाअली पनि निकै खुशी देखिएकी छिन् ।