फिल्मको पर्दामा बेजोड अभिनय गर्ने अभिनेता नवाजुद्दिन सिद्धिकी अहिले भने प्रेमका कारण चर्चामा छन् । उनको बायोपिक पुस्तकमा धेरै कुराको पर्दा खोलिएको छ । तर, त्यसमा पनि एक अभिनेत्रीसँगको प्रेमका कारण उनको चर्चा बढी भएको पाइन्छ ।
सन् २०१२ मा रिलिज भएको फिल्म ‘मिस लबली’मा काम गर्दा गर्दै उनी र अभिनेत्री निहारिका सिंह नवाजविच प्रेम भएको थियो । उनीहरुविच निकै गहिरो सम्बन्ध पनि भएको थियो । यो कुरा उनको बायोपिक पुस्तकमा उल्लेख गरिएको छ । उनले बायोपिक पुस्तकमा भनेका छन्–‘निहारिका निकै वुझ्ने यूवती थिइन् । उनी, आफै अभिनेत्री भएका कारण मेरो कामलाई वुझ्थिन् । मलाई लाग्छ कि, उनी मबाट प्रेमको अपेक्षा गर्थिन् तर त्यो म दिन सक्दिनथ्य ।
विस्तारै निहारिकाले मेरो कुरा वुझ्नि र उनले मसँगको सम्बन्धलाई टाढा बनाइन् ।’ निहारिकाले सन् २००५ मा मिस इन्डियाको ताज जितेकी थिइन् । उनले सन् २०१२ मा ‘मिस लवली’ फिल्मबाट डेब्यू गरिन् । यसपछि, उनले ‘अ न्यू लभ स्टोरी, अनवर का अजब किस्सा, सोहरा व्रीज’ लगायतका फिल्ममा काम गरेकी थिइन् ।