भारतका केही अनलाइनले अहिले नेपाली फिल्मका केही कलाकारको चर्चा गर्न थालेका छन् । केही समय अगाडि अभिनेता अनमोल केसीलाई ‘नेपालको महंगो सुपरस्टार’ भन्दै एक अनलाइनले फिचर गरेको थियो ।
अब, अनमोलको मुख्य भूमिका रहेको फिल्म ‘कृ’की अभिनेत्री अदिती वुढाथोकीलाई पनि भारतीय मिडियाले स्थान दिएको छ । भारतको चर्चित अनलाइन एवीपी न्यूजले अदितीको बारेमा खबर छाप्दै उनलाई बलिउड अभिनेत्री सन्नी लियोनीसँग तुलना गरेको छ ।
सन्नी लियोनीलाई मात दिन सक्ने नेपालकी अभिनेत्री भन्दै उनको दर्जन बढी तस्बिर समावेश गरिएको छ । अदितीले नेपालमा कैयौ हिट फिल्म दिएको भन्दै अनलाइनले झुट भने लेखेको छ । किनकी, अदिती अभिनित पहिलो फिल्म ‘कृ’ हो, जुन रिलिज भएको छैन ।
सन्नी लियोनीको जवानी नै अदितीको हट फिगरको अगाडि फिक्का हुने अनलाइनमा उल्लेख गरिएको छ ।