बक्स अफिसमा ठिकै व्यापार गरेपछि निर्माता अर्जुन कुमारलाई फिल्म ‘फाटेको जुत्ता’ सफल भयो भन्दै हल्ला गर्न हतार भएन । पत्रकार सम्मेलन नै आयोजना गरेर उनले फिल्म हिट भएको भन्दै खुशी मनाए ।
तर, सो समयमा उनले अभिनेत्री प्रियंका कार्कीमाथि पनि आक्रोश पोखे । प्रियंकाले फिल्मको प्रचारमा साथ नदिएको भन्दै उनी आक्रोशित मात्र भएनन्् उनलाई फिल्म चलेर फाइदा नहुने देखेरै नहिडेकी होलिन् सम्म भन्न भ्याए ।
अर्जुनले सो कार्यक्रममा फिल्मका कलाकार सौगात मल्ललाई ‘सौगात छ’, दया छ’ जस्ता शब्द प्रयोग समेत गरे । पत्रकारलाई समेत तिमीहरु भन्दै सम्बोधन गरे । फिल्मले बक्स अफिसमा सामान्य व्यापार गरेपछि अर्जुनको दम्भ बढेको प्रष्ट देखियो ।
तर, अर्जुनको दम्भलाई अभिनेत्री प्रियंका कार्कीले ठिक ठाउँमा ल्याइदिएकी छिन् । अभिनेत्री कार्कीले अर्जुनको आरोप आफूलाई कत्ती पनि चित्त नवुझेको भन्दै खण्डन गरेकी छिन् । उनले, आफू फिल्मको प्रचारमा सकेसम्म हिडेको तर फिल्म ‘सत्रु गते’को छायांकनका कारण हिड्न नपाएको बताइन् । साथै, उनले आफूले भौतिक रुपमा साथ नदिएपनि सामाजिक संजालबाट फिल्मको प्रचार गरेको बताइन् ।
फिल्म ‘फाटेको जुत्ता २’मा प्रियंका नहुने भएपनि उनले फिल्मको सफलताको शुभकामना दिइन् । प्रियंकामाथि आक्रोशित रुपमा प्रस्तुत भएका अर्जुनलाई प्रियंकाले सामान्य शैलीमा जवाफ दिएकी छिन् ।