पौष २८ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘राज्जा रानी’को रिलिज मिति एक साता अगाडि सारिएको छ । अब, यो फिल्म पौष २१ गतेबाट रिलिज हुनेछ । यम थापा निर्देशित फिल्मको प्रदर्शन मिति वितरकसँग सल्लाहा गरेरै सारिएको निर्माता एमके पौडेलले जानकारी दिए ।
फिल्मको नयाँ प्रदर्शन मिति तय गरेसँगै यसको एउटा रोमान्टिक गीत पनि रिलिज गरिएको छ । दीपक शर्माले संगीत गरेको ‘चिपक चिपक’ बोलको गीतको भिडियो रिलिज भएको हो । यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकार केकी अधिकारी र नाजिर हुसेनलाई फिचरिङ गरिएको छ ।
गीतमा नरहरि प्रेमी र सुमिना लोकोको स्वर, राजेन्द्र थापाको शब्द छ । नेपालगञ्जको क्यानभासमा यो फिल्म खिचिएको छ । फिल्मको बजेट १ करोड २५ लाख रहेको निर्माता पौडेलले बताए ।