अभिनेत्री बर्षा राउतलाई मंसिर महिनाले छोएको छ । मंसिर महिनामा हुने विभिन्न बिहे समारोहमा उनी सहभागी भैरहेकी छिन् । तर, मंसिर महिना लाग्दै गर्दा कतै बर्षालाई पनि बेहुली बन्ने सोच त आएको होइन । बर्षा लामो समयदेखि अभिनेता संजोग कोइरालाको प्रेममा छिन् । यो जोडीको प्रेमको बारेमा अब जानकार नहुने कमै होलान् ।
बर्षाले बिहेको समय भन्दै फेसबुकमा एउटा फोटो राखेकी छिन् । जुन, फोटोमा उनी आकर्षक देखिएकी छिन् । बिहेको मौसमले छुदै गर्दा फिल्म क्षेत्रमा चम्कदै गरेकी अभिनेत्रीलाई पनि रहर लागेको हो कि ?
फिल्म क्षेत्रमा आएको छोटो समयमा नै करिअरलाई उचाइमा पुर्याएकी बर्षा अहिले नै बिहे नगर्ने बताउँछिन् । तर, पनि उनलाई बिहेको मौसमले भने छोएको छ ।