नेपाली फिल्मका कलाकारहरुले अहिले हट पहिरन लगाउन कुनै पनि संकोच मान्दैनन् । झन्, समुन्द्री तटमा पुगेपछि त कलाकारको जवानी छल्कन समय लाग्दैन । अष्ट्रेलिया भ्रमणको समयमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको विकिनी तस्बिरले पनि नेपाली मिडियामा उच्च स्थान पायो ।
समुन्द्री तटमा विकिनीमा साम्राज्ञी हट देखिइन् । उनले निसंकोच समुन्द्रमा विकिनी लगाएर मस्ती गरिन् । उनको साथमा फिल्म ‘ए मेरो हजुर २’की निर्देशक झरना थापा पनि अष्ट्रेलिया पुगेकी थिइन् । झरनाको पहिरन भने सामान्य नै थियो ।
साम्राज्ञी पहिलो पटक यसरि विकिनीमा प्रस्तुत भएकी हुन् । सार्वजनिक कार्यक्रममा पनि साम्राज्ञीको यस्तो विन्दास अवतार देखिएको थिएन ।