‘छक्का पन्जा’ हेर्ने दर्शक हाँसेको देख्दा आफूलाई रिस उठेको र मुर्ख भएको महशुश गरेको भन्दै अभिनेत्री ऋचा शर्माले एक कार्यक्रममा भनेपछि सुरु भएको विवाद उत्कर्षमा पुगेको छ । ऋचालाई फिल्म ‘छक्का पन्जा’का टिमले गेट वेल सुन भन्दै स्टाटस लेखे ।
यसपछि, यो बिषयमा ऋचाले जवाफ दिएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्–‘फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउँन सकिन भनेकी हुँ । किनभने, अहिलेको समयमा बिहेकै लोभमा कुनै महिलाले यति धेरै थप्पड खाँदैनन् । यदि, महिला हिंसामाथि बनेको फिल्म भए, ठिकै थियो ।’
उनले लेखेकी छिन्–‘आफूलाई चित्त नवुझेको कुरा बोल्न पाउनु मेरो अधिकार हो । सर्जक सधै महान् हुँदैन । अहिले त झन् चलचित्रको कुनै दृश्यमा कुनै समुदायको चित्त दुख्यो भने सच्चाउने चलन छ । टेलिभिजनका हरेक कार्यक्रममा कुनै समुदायलाई चित्त दुखे भन्नुहोला भन्ने सन्देश पनि आइरहनछ ।’
ऋचाले यो जवाफ लेखेपछि उनको पक्षमा र विपक्षमा कमेन्टहरु आइरहेका छन् ।