जन्मदिन आउनु भनेको एक बर्ष उमेर पाको हुनु हो । तर, पनि अभिनेत्री केकी अधिकारी उमेर पाको भएको मान्दिनन् । आइतबार भ्याई नभ्याई तरिकाले उनले जन्मदिनको सेलिव्रेशन गरिन् । केकीले आफूले अहिले नै बिहेको बिषयमा नसोचेको पनि बताइन् । केकीको जीवनमा प्रेमी छन् या छैनन्, अहिलेसम्म खुलेको छैन ।
केहि समय अगाडि केकीले एक खेलाडीसँग आफ्नो प्रेम रहेको बताएकी थिइन् । त्यसपछि, केकी प्रेमको बिषयमा मौन छिन् । उनले फिल्म ‘राज्जा रानी’को टिमसँग मिलेर पनि बर्थ डे मनाइन् ।
सो समयमा उनी फिल्मका अभिनेता नाजिर हुसेनसँग नजिक देखिइन् । पौष २१ गतेबाट रिलिज हुने फिल्म ‘राज्जा रानी’लाई लिएर केकी आफू उत्साहित भएको बताउँछिन् ।
रमेश एम के पौडेलको निर्माणमा तयार भएको यो फिल्ममा यम थापाको निर्देशन छ ।