फिल्म ‘ए मेरो हजुर २’मा काम गरेपछि अभिनेता सलिनमान बनियाँले खुबै हाइप पाए । यो फिल्मपछि उनलाई ठूला ब्यानरबाट अफर पनि भयो । तर, सलिनमान फिल्ममा काम गर्न नै चाहँदैनन् ।
सलिन फिल्मबाट हराएजस्तै भएपनि उनी मिडियामा फेरि छाएका छन् ।
उनी, मिडियामा छाउनुको मुख्य कारण हो, प्रेमिका सार्वजनिक । सलिनले प्रेमिका अस्प्रिना श्रेष्ठको जन्मदिनमा विशेष उपहार मात्र दिएनन्, उनीसँगका तस्बिर पनि रिलिज गरेका छन् । उनले प्रेमिकाको जन्मदिन विशेष रुपमा पनि सेलिव्रेशन गरेका छन् ।
अस्प्रिनाले पनि सलिनसँगको यो पल विशेष रहेको बताएकी छिन् । सलिन फेरि फिल्ममा आउँछन् या आउँदैनन्, यो खुलेको छैन । तर, उनी प्रेमका कारण मिडियामा फेरि छाएका भने छन् ।