अभिनेता पल शाह अहिले आफूलाई अफर आएका सबै फिल्मलाई पन्छाइरहेका छन् । चैत्र ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘सत्रु गते’को व्यापारिक आँकडा सार्वजनिक नभएसम्म पल नयाँ फिल्ममा काम नगर्ने मुडमा छन् ।
यो फिल्मको व्यापार, यसबाट आफूले पाउने प्रतिक्रिया भन्दा अगाडि पल नयाँ फिल्म नगर्ने सोचमा छन् । यसैले उनले ठूला ठूला ब्यानरका फिल्म पनि लत्याएका छन् ।
तर, यो फिल्ममा स्टार नै स्टार छन् । यो फिल्ममा पल छायाँमा पर्ने आँकलन लामो समयदेखि हुँदै आएको हो । पलले पनि सायद यो कुरा सोचेका होलान् । तर, यो फिल्मलाई नै कुरेर अरु राम्रा फिल्म ‘ओके’ नभन्दा पललाई घाटा त हुने होइन ? चर्चा सुरु भएको छ ।