फिल्म ‘सुश्री सम्पत्ती’को छायांकन फागूण १५ गतेबाट पोखरामा सुरु हुने भएको छ । फिल्मको पत्रकार सम्मेलन गर्दै राजधानीमा घोषणा गरियो । फिल्मको निर्देशन रंग पत्रकार सुव्रतराज आचार्यले गर्ने भएका छन् । उनले, कमेडी कथामा नारी प्रधान फिल्म बन्ने बताएका छन् । फिल्मको शिर्ष भूमिकामा अभिनेत्री सारा सिर्पाली देखिदैछिन् ।
साराको साथमा फिल्ममा सलोन बस्नेत, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयनन्द लामा, विशारद बस्नेत, रोशनी कार्की, रञ्जिन कोइराला, विनोद पौडेल, सन्तोष खनालको मुख्य भूमिका फिल्ममा रहनेछ । अभिनेत्री प्रियंका कार्की फिल्ममा विशेष भूमिकामा देखिदैछिन् । अभिनेत्री कार्कीले आफ्नो भूमिका खुलाउन नमिल्ने बताइन् ।
फिल्ममा विज्ञान राई, नुनाम सुब्बा, रमन सिलाकारको लगानी रहनेछ । रमेश त्वयना यो फिल्मको प्रस्तुतकर्ता हुन् । फिल्ममा अभिमन्यू निरबीको पटकथा, अभिमन्यू र सुव्रतराज आचार्यको संवाद, अर्जुन तिवारीको छायांकन, भरत रेग्मीको सम्पादन, सुरेश अधिकारीको संगीत रहने पक्का भएको छ ।