फिल्म ‘कृ’को दोश्रो गीत रिलिज भएको छ । फिल्ममा समावेश भएको ‘मैले जानी नजानी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अभिनेता अनमोल केसी र अभिनेत्री अदिती वुढाथोकीको रोमान्टिक शैलीलाई देखाइएको छ । फिल्मको गीत स्कटल्याण्डमा खिचिएको हो । दुइको केमेष्ट्री गीतको भिडियोमा सुहाएको छ ।
विक्रम लामा र एन्जिलिना खत्रीले यो गीतको कोरियोग्राफी गरेका हुन् । माघ २६ गतेबाट यो फिल्म रिलिज हुँदैछ । गीतमा पुरुषोत्तम प्रधानको छायांकन छ । यो गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ ।सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । सुवास गिरी र भूवन केसी फिल्मका निर्माता हुन् । फिल्मको निर्देशक सुरेन्द्र पौडेलले गरेका हुन् ।