अभिनेता सलमान खान एक महिनापछि नेपाल आउँदैछन् । बलिउडका केहि चर्चित कलाकारको साथमा उनको कन्सर्ट नेपालमा हुँदैछ । राजधानीको टुँडिखेलमा आयोजना हुन लागेको कन्सर्टमा सलमानको साथमा अभिनेत्री कृति सेनन, डेजी शाह, नृत्य निर्देशक प्रभु देवा लगायत नेपाल आउँदैछन् ।
सलमानले नेपाल आउनका लागि आफू उत्साहित रहेको छनक दिएका छन् । उनले नेपाललाई आफ्नो स्वागत नगर्ने समेत भनेका छन् । सलमानले लेखेका छन्–‘नेपाल अब आपकी बारी, स्वाग से स्वागत नहि करोगे हमारा’ ।
ओडीसी गुप्रले सलमान र उनको टिमलाई नेपाल ल्याउन लागेको हो । १० मार्चमा सलमान र उनको टिमको कार्यक्रम टुँडिखेलमा आयोजना हुँदैछ ।