फिल्म ‘गाँजाबाजा’ चर्चामा आएको लामो समय भैसकेको छ । चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राइले नामकै कारण फिल्मको निर्माण रोकेपछि यो फिल्म लफडामा फसेको हो । लामो समयको बहसपछि फिल्म निर्माण भयो र शुक्रबारदेखि रिलिज पनि हुँदैछ ।
राजकुमार राई बोर्ड अध्यक्षबाट बाहिर आएसँगै फिल्म रिलिज हुन लाग्नु आफैमा संयोग मात्र मान्न सकिदैन । फिल्मलाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । फिल्मले ‘गाँजा’ खाने यूवाहरुको कथालाई उठान गरेको गणेशले बताउँदै आएका छन् । साथमा, यो फिल्मले गाँजा खानेहरुको बाजा समेत बजाउने उनले बताए ।
फिल्मको कथावस्तुलाई लिएर विभिन्न खालका बहस भएपनि समाजमा घटिरहेको कथालाई आफूले उठान गरेको उनले बताएका छन् । फिल्मको प्रचारका लागि अहिले यसको टिम मोफसल दौडमा छ । फिल्ममा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवाकोटी लगायतका कलाकारले अभिनय गरेका छन् ।