फिल्म ‘मंगलम’मा समावेश ‘पर्ख पर्ख मायालु’ बोलको गीतले १ करोड भ्यूज पाएको छ । फिल्मका निर्माता छविराज ओझा यो भ्यूज बुष्ट गरेर नआएको बताउँछन् । उनले, दर्शकले हेरेर नै गीतले यो सफलता पाएको बताए ।
फिल्मको गीतले १ करोड भ्यूज पाएको उपलक्ष्यमा काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै केक काटिएको छ । फिल्मकी मुख्य कलाकार शिल्पा पोखरेल र चरित्र अभिनेत्री मिथिला शर्मा लगायतले केक काटे । दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको यो गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर छ ।
नवल नेपालले फिल्मको निर्देशन गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्ने फिल्मका कलाकार र निर्माण टोलीले एउटा उत्कृष्ट फिल्म बनेको बताएका छन् । कथावस्तु, गीतसंगीतका हिसाबले फिल्म उत्कृष्ट बनेको निर्माता छविराज ओझाले बताएका छन् ।
छविका छोरा साकार ओझाले पहिलो पटक आफ्नो पिताले राम्रो फिल्म बनाएको समेत बताए । यो फिल्म फागूण २५ गते अर्थात भोलीबाट रिलिज हुँदैछ ।