फिल्म ‘छक्का पञ्जा ३’को पहिलो गीत रिलिज भएको छ । सोमबार निर्माण टिमले फिल्ममा समावेश पहिलो नम्बरमा बोलको गीत रिलिज गरेको हो । गीतमा मुख्य कलाकारहरु सबैजसो फिचर छन् ।
डान्सिङ नम्बरको गीतमा स्वर देभिड शंकर र बिन्दु परियारको छ भने संगीत दिपक शर्माले भर्दा शन्द राजेन्द्र थापाले लेखेका छन् । दिपाश्री निरौलाले फिल्मलाई निर्देशन गरेकी हुन् । आगामी दशैँमा यो फिल्म प्रदर्शनमा आउनेछ ।
फिल्मको पहिलो गीत रिलिजसँगै निर्माण टिमले प्रचार प्रसार अफिसियल रुपमा थालनी गरेको बताएको छ । फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, नीर शाह, शिवहरी पौडेल, विल्सन बिक्रम राई, किरण केसी, बुद्धि तामाङ लगायत लिड रोलमा छन् ।