हलीउड स्टार किम करदाशियन र कान्ये वेस्टको सम्बन्ध विक्षेदको चर्चा केही दिन देखी चलिरहेको छ । किम अहिले मेक्सिकोमा छुट्टी मनाइरहेकी छिन् । यस दौरान उनको हातको औलामा बिहेको औंठी देखिएको थिएन । एक वेबसाइटको रिपोर्टका अनुसार किम आफ्नो छोरा सैन्ट र बेटी नर्थसँग बीचमा टहलतीमा देखिएकी थिइन, त्यस दौरान उनले बिहेको औंठी लगाएकी थिइनन् । इन्स्टाग्राममा पोष्ट गरिएको केही तस्बिरमा ३५ बर्षिय किमको औलामा औंठी थिएन । किम र कान्ये वेस्टको बैबाहिक सम्बन्धमा तनाव आएको खबर केही महिना देखी हलीउड सञ्चारमाध्यमहरुमा आइरहेका छन् ।