फिल्म ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
ट्रेलरमा नायक आर्यन सिग्देल केन्द्रमा रहेका छन्। जहाँ आर्यन आफ्नो हराएको प्रेमिकाको खोजीमा देखिएका छन्। ट्रेलरमा स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेश प्रधान, शिवहरी पौडेल, संचिता लुइटेल र अनुभव रेग्मी पनि फिचर छन्।
विकासराज आचार्यको निर्देशनमा बनेको यस फिल्मले माया र विछोडको कथालाई प्रस्तुत गरेको छ। फिल्मको कथा विशाल चाम्लिङको हो भने पटकथा सामिप्यराज तिमल्सेना र निर्देशक आर्चायले तयार पारेका हुन्। पुरुषोत्तम प्रधानले छायांकन गरेका फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।
साउन ३० गतेबाट रिलिज हुने यस फिल्ममा प्रियंका कार्कीको पनि अभिनय रहेको छ। निर्देशक आचार्यका अनुसार यस फिल्ममा प्रियंकाले केमियो भूमिका निर्वाह गरेकी छिन्।