फिल्म ‘मारुनी’ पछि पुष्प खड्का खाली थिए। तर, शुक्रबार मात्र पुष्पले नयाँ फिल्म साइन गरेका छन्। उनले फिल्म ‘चालबाज’ साइन गरेका हुन्।

यस फिल्मको स्कृप्ट राम्रो भएको पुष्प बताउँछन्। फिल्मको लागि उनले लिएको पारिश्रमिक पनि राम्रो छ। फिल्मले आफ्नो दर्शकलाई निराश नबनाउने उनले बताए। पुष्प २-३ दिनमा फिल्मको छायांकनका लागि दार्जिलिङ प्रस्थान गर्ने तयारीमा छन्।
हाल छायांकन भैरहेको फिल्ममा पुष्पको जोडी अभिनेत्री केकी अधिकारीसँग बाँधिनेछ। फिल्ममा बुद्धि तामाङको पनि मुख्य भूमिका रहेको छ।
अरुण तामाङको लगानी र कैलाश राइको निर्देशनमा बनिरहेको फिल्ममा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत छ।