फिल्म ‘जात्रै जात्रा’ रिलिजपछि नायिका वर्षा राउतले कुनै नयाँ फिल्म साइन गरेको समचार बाहिरिएको छैन्। लामो समयसम्म फिल्म साइन नगर्दा वर्षामाथि प्रश्न उठ्न थालेको छ। के वर्षाले फिल्म पाइरहेकी छैनन् ?

कतिपयले विवाहपछि वर्षाले फिल्म पाउन छोडेको अड्कल काटेका छन्। तर, वर्षा यस कुरालाई मान्न तयार छैनन्। उनी आफूलाई निरन्तर रुपमा फिल्मको अफरहरु आइरहेको बताउँछिन्। तर, आफूले गर्न लायक फिल्म नपाएको भन्दै उनले केही समय विश्राम लिएकी छिन्।
वर्षा एक फिल्ममा काम भइरहेको बताउँछिन्। उनले भनिन्, ‘अहिले मेरो एउटा फिल्ममा काम भइरहेको छ। जुन बाहिर ल्याइएको छैन्। छिट्टै उक्त फिल्मको घोषणा हुन्छ होला। त्यसपछि मात्र यस विषयमा बोल्ने छु।’
गत वर्षको फागुनमा प्रेमी संजोग कोइरालासँग विवाह गरेकी वर्षा अहिले म्युजिक भिडियो र श्रीमानसँग घुमेर नै रमाइरहेकी छिन्।
 
                                                                                               







 
			   
			   
			   
			   
			  