यस वर्षको प्रतिक्षित फिल्म हो, ‘आमा’। दीपेन्द्र के खनाल निर्देशित फिल्मको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन्।
यस्तैमा फिल्मको को नयाँ गीत सार्वजनिक भएको छ। बिहिबार युट्युबमार्फत् फिल्ममा समावेश ‘मनको मैलोदेखि मन्दिरसम्म’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीत निकै मार्किक बनाइएको छ। गीतका शब्दहरु साह्रै मिठा छन्। केतन क्षेत्रीको स्वर रहेको गीतमा भूपेन्द्र खड्काको शब्द तथा सुवास भुषालको संगीत सुन्न सकिन्छ।
फिल्मको शिर्ष भूमिकामा मिथिला शर्मा फिचर भएकी छिन्। फिल्ममा सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदम प्रसाद पौडेल, आशान्त शर्मा, सरोज अर्याल, अश्मिता खनाल, सुदिप खतिवडा, झकेन्द्र जीसी र विकास खनालको पनि अभिनय रहेको छ।
फागुण ९ गते रिलिज हुने यस फिल्मको लेखन तथा छायांकन निर्देशक खनालले नै गरेका हुन्। शर्मिला पाण्डेको लगानीमा बनेको यो फिल्ममा सन्तोष अधिकारी सह–निर्माताको रुपमा छन्। फिल्ममा दिर्घ खड्काको सम्पादन छ।