फिल्म ‘तीन जन्तु’ निर्माण हुने भएको छ। अर्पण थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सौगात मल्ल, रविन तामाङ, श्रृष्टी श्रेष्ठ लगायतको मुख्य भूमिका रहने छ। निर्देशक थापालाई पनि फिल्ममा देख्न पाइने छ।
केही दिनमा छायांकन सुरु हुने बताइएको यस फिल्मलाई हिमाली भेगमा खिचिने छ। फिल्मको लागि निर्माण पक्षले मुस्ताङलाई छानेको छ। फिल्मको विषयमा अन्य जानकारी भने दिइएको छैन।
कलाकारको रुपमा सफल मानिएका अर्प निर्देशनमा भने सफल हुन सकेका छैनन्। उनको निर्देशनमा बनेको पछिल्लो फिल्म ‘घर’ पनि बक्स अफिसमा असफल भएको थियो। उनको निर्देशनमा ‘सुनकेशरी, आधा लभ, मुखौटा’ लगायत तयार भएका छन्।