बलीउड कलाकार शक्ति कपुर शनिबारबाट ५८ वर्षको लागेका छन्। उनले झण्डै ७५० भन्दा बढि फिल्ममा काम गरेका छन्। ५८ वर्ष लागेका शक्तिले जन्मदिनको दिनमा आफ्नी छोरी श्रद्धाले दिएको उपहारले आँखाबाट आँशु झरेको स्मरण गरे। एकपटक उनी चेन्नईमा सुटिङ्मा व्यस्त भए। व्यस्तताका कारण उनी जन्मदिनमा बम्बईमा भएनन्। यसबाट श्रद्धाकी आमा शक्तिसँग एकदमै रिसाइन्। त्यो बेला श्रद्धा त्यस्तै ६-७ वर्षकीकी थिइन्। श्रीमती रिसाएपछि उनी निर्देशकको अनुमतिले सोही दिन मुम्बई फर्किए। घर आउँदा श्रमती थिइनन्। उनलाई श्रद्धाले जन्मदिनको शुभकामना दिइन्। शुभकामना दिएपछि श्रद्धाले शक्तीको हात समाइन् र बैठक कक्षमा लगिन्। त्यहाँ एउटा पियानो राखिएको थियो। श्रद्धाले पियानो बनाउँदै शक्तीका लागि गीत गाइन्। छोरीको यस्तो प्रेम देखेपछि शक्ति एकाएक भावुक हुन पुगे। उनका आँखा भरिए र आँशु झरे।







