राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र नायिका प्रियंषका कार्कीले देशभरी बचत गर्ने बानी सिकाउने अभियान सञ्चालन गर्ने भएका छन्। मेगा बैंकले यस्तो अभियान गर्न दुई जनालाई सेभिङ स्टार नियुक्त गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बचत गर्ने बानी बसाउन खाता खोल्ने अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।
सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै मेगा बैंकले प्रियंका कार्की र पारस शाहलाई सेभिङ स्टारमा नियूक्त गरिएको जानकारी दिएको थियो । बैंकका सेभिङ स्टारहरु देशभरका विभिन्न स्कुल तथा कलेजमा पुगेर खाता खोल्न प्रोत्साहित गर्ने छन् । अभिनेत्री प्रियंका कार्कीले बचत गर्ने बानीले भविस्यमा आफूले मन लागेको काम गर्न सजिलै सकिने बताइन् । सरकारले गत आर्थिक बर्षको बजेटमा सबै नेपालीको बैंक खाता भन्ने कार्यक्रम ल्याएको थियो। चालु वर्षको बजेटमा यसलाई प्राथमिकतामा राखिएको छ ।