
काठमाडौं । सुशील पोखरेलको प्रस्तुतिमा निर्माण गरेको फिल्म ‘परालको आगो’ अमेरिका र क्यानडामा सोल्ट आउट भएको छ। निर्माण पक्षले फिल्मको फस्ट लुक्स सार्वजनिक गरेको दुई दिनमा नै बिक्री भएको हो।
अमेरिका र क्यानडाका लागि चलचित्र इएनटीले किनेको हो। अमेरिका र क्यानडाका लागि फिल्मको प्रदर्शन अधिकारी बिक्री भएको निर्माता पोखरेलले बताए।
‘हाम्रो फिल्मलाई अमेरिका र क्यानडामा प्रदर्शन अधिकार बिक्री गरिसकेका छौँ,’निर्माता पोख्रेलले भने,‘यो बाहेक अन्य देशमा पनि कुराकानी भइरहेको छ।’
लक्ष्मण सुनारेको निर्देशनमा बनेको यस फिल्मको छायांकन हुनु भन्दाअघिबाट नै चर्चामा रहेको थियो। बुधबार फिल्मको पोस्टर रिलिज भएपछि दर्शकमाझ एक किसिमको कौतुहलता जागेको देखिन्छ। विदेशमा रहेका नेपालीहरुले पनि फिल्मप्रति चासो राखेको फिल्मकर्मीहरुले बताउन थालेका छन्।
यस फिल्ममा सुहाना थापा,सौगात मल्ल र प्रकाश सपुत मुख्य भुमिकालाई दर्शकले पनि एउटै पर्दामा हेर्न चाहेको पोस्टर रिलिजपछिको प्रतिक्रियाले जनाइसकेको छ। ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्दैछ। यस फिल्ममा सौगात,सुहाना र प्रकाशका अलवा सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी,रेणु न्यौपाने,बाल कलाकार मन्जिला बाँनियाले पनि अभिनय गरेका छन्।
हरि ॐ सिने मेकर्स प्रा।लिको निर्माणमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन्। सुशील देवकोटाले लेखन रहेको यो फिल्मलाई संकल्प भुजेलले खिचेका छन्। नृत्य निर्देशन रामजी लामिछाने,सम्पादन मिलन श्रेष्ठ, रंग संयोजक कनाल कँवर रहेका छन्।
भि।एफ।एक्स। समिर मिया,सत्यम रानाले गरेका छन् भने टिजर र ट्रेलर साहिल खानले काटेका छन्। त्यसै गरि ५।१ मिक्सिङमा मुकेश शाहले गरेका छन् भने नगेन्द्र घिमिरे निर्माण संयोजनको काम गरेका छन्। फिल्मको पाश्वं संगीत किरण तुलाधर,संगीत शान्ती ठटाल, सत्य–स्वरुप, प्रकाश सपुतको रहेको छ। फिल्मको गीतमा गीतकार मनबहादुर मुखिया, सुरेन्द्र राना, प्रकाश सपुतले लेखेका छन्।
यस फिल्मको कला निर्देशकका रुपमा प्रतिक चौधरी रहेका छन् भने मुख्य सहायक निर्देशक करण बहादुर साउदको छ। निर्मातामा सुलभी पोखरेल, सत्यम पोखरेल छन्।
यस फिल्मको वितरण आर फिल्मसले गर्दैछ भने ओएसआर डिजिटल राईट लिइसकेको छ। गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।







