श्रीमान तथा नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको २ बर्षपछि नायिका स्वेता खड्काले दशैंको टीका लगाएकी छिन् । श्रीमानको निधन भएको करिब डेढ बर्षसम्म नायिका स्वेता विक्षिप्त अबस्थामा थिइन् । केही महिनादेखी सामान्य जीवनशैलीमा फर्किएकी स्वेताले यस बर्षको दशैंको टीका आफ्नो आफन्त र नजिकका साथिभाइसँगै मनाएकी छिन् । यो वर्षको दशैंको पहिलो दुई दिन टीका लगाउन नभएकाले उनले हिजो मात्र माइती घरमा दशैंको टिका लगाएकी हुन् । स्वेताले आफ्नो ९३ वर्षका बुवाको हातबाट टीका ग्रहण गरिन् ।
उनले टीका लगाइसकेपछि चाँडै चलचित्रमा फर्किने बताएकी छिन् । उनका अनुसार परिवार र साथीभाइको सल्लाहअनुसार फिल्म निर्माण गर्न लागेको हुन् । यसअघि नायिकाको रुपमा मात्र आफ्नो परिचय बनाएकी स्वेता अब देखी भने चलचित्र निर्माणमा पनि हात हाल्ने छिन् ।
उनले श्रीकृष्णको परिवारसँग पनि सम्बन्ध सुमधुर रहेको बताइन् । उनी हाल आफ्नो वनस्थथली स्थित माइतिघरमा बस्दै आएकी छिन् ।