बलीउड एक्टर सनी देओल ५९ बर्षका भएका छन् । १९ अक्टूबर १९५७ मा साहनेवाल, पंजाबमा जन्मिएका सनीको प्रोफेशनल लाइफको विषयमा धेरै जानकार नै छन् तर उनको पर्सनल लाइफको विषयमा कमैलाई मात्र थाहा छ किनकी सनी आफ्नो पर्सनल लाइफको विषयमा धेरै कुरा गर्न चाहँदैनन् । अब उनको विवाहको कुरा नै लिनुस् । सनी विवाहित पुरुष हुन्, यो कुरा सबैलाई थाहा छ तर यो कुराको जानकार कमै मात्र छन् कि उनले विवाह कहिले गरेका थिए ।
इन्टरनेटमा उनको विवाहको एक फोटो मात्र छ, जुन यूकेको एक म्यागजिनको कवर पेज हो । म्यागजीनको कवरमा यसको पब्लिश भएको बर्ष १९८४ (जुलाई) लेखिएको छ । कवरमा तल लेखिएको छ, ‘exclusive Sunny Weds In England.’ यस फोटोमा कति सत्यता छ त्यो भने चाहिँ सनी र उनकी पत्नी पूजा वा उनको फैमिली मेंबर्स नै जानकारा होलान् ।