भन्नलाई त भनिन्छ डरको अगाडी जीत छ तर कुनै डर हर मानिसको जिन्दगीमा यस्तो हुन्छ, जो दिलमा घर बनाइदिन्छ । यसलाई निकाल्न मुश्किल त हुन्छ तर यो हाम्रो कमजोरी बनिदिन्छ । बलीउड कलाकारहरु पनि यसबाट टाढा छैनन् ।
अमिताभ बच्चन
मलाई आँखामा लेन्स लगाउन निकै डर लाग्छ । एक पटक ‘सत्ते पे सत्ता’ फिल्ममा बाबूको भुमिका निर्वाहा गर्नका लागि मैले लेन्स लगाउनु परेको थियो । थाहा छैन कसरी मेरो आँखामा लेन्स अड्कयो र म निकै डराएँ । तबदेखी म लेन्स लगाउन निकै डराउँछु ।
सलमान खान
मलाई आफ्नो रिसदेखी निकै डर लाग्छ किनकी मैले आफ्नो रिले गर्दा धेरै गुमाएको छु । मेरो कोशिश सधै रहन्छ कि म रिसलाई काबूमा राख्न सकुँ र केही हदसम्म म त्यसमा सफल पनि भएको छु । म गलत कुरा सहन सक्दिन त्यसैले मलाई चाँडै रिस उठिहाल्छ । तर अब म परिपक्क भइसकेको छु र रिस पनि निकै कन्ट्रोल गर्दै लगिरहेको छु ।
दीपिका पादुकोण
मलाई डिप्रेशनको अट्याकदेखी निकै डर लाग्छ । अहिले म यसबाट काफी हदसम्म बाहिर छु तर एक समय थियो जब म डिप्रेशनको दौरबाट निक्लेको थिएँ । मलाई डर लाग्छ कि पर्सनल वा प्रोफेशनल लाइफमा यस्तो केही नहोस् कि म फेरी यसको शिकारमा परुँ ।
सनी लिओन
मलाई रातदेखी जति डर लाग्छ त्यति नै भूत-प्रेतदेखी पनि लाग्छ । म साँझमा एक मिनेट पनि एक्लै रहन सक्दिन् । यदी घरमा बत्ती गयो भने म निकै डराउँछु । म घरमा कम से कम दुईटा लाइट बालेर राख्छु । अहिलेसम्म यसबाट निक्लिन पाएकी छैन तर कोशिश गरिरहेकी छु ।