हिजो आज मोडलिङ्ग र एक्टिङ्गमा करियर बनाउनका लागि लुक्सको सा-साथै राम्रो हाईट/पर्सनालिटी हुन पनि जरुरी छ । अहिले हिन्दी सिनेमामा हेर्ने हो भने धेरै जसो हिरोइनहरु हाईट भएका छन् । जस्तै दीपिका पादुकोण, सोनम कपुर, कैटरीना कैफ, सोनाक्षी सिन्हा, अनुष्का शर्मा आदी । तर सन् १९९० देखी २००० को दशकमा आएका हाईट भएका हिरोइनहरुले मनग्य काम पाउँदैन थिए । किनकी उनीहरुको को–स्टार (हिरो) हाईटमा होचा हुने गर्थे । त्यसैले निर्देशकहरुले लम्बु हिरोइन र उनीहरुभन्दा हाईटमा होचा हिरोलाई लिएर फिल्म बनाउन हिच्किचाउँथे ।
जान्नुहोस् यस्ता केही नायिकाहरु, जो लामो हाईटका कारण राम्री र ट्यालेन्ट भएर पनि बलीउडमा जम्न सकेनन् ।
पुजा बत्रा
हाईट : ५ फिट ९ इन्च
विरासत फिल्मबाट हिन्दी चलचित्रमा प्रवेश गरेकी यि नायिका पुजा बत्राले भनेकी थिइन कि ज्यादा हाईट भएकै कारण उनीसँग हिरोहरु काम गर्नका लागि हिच्किचाउँथे । लामो कदको कारणले गर्दा नै उनले बलीउडमा निकै थोरै चलचित्रमा काम गर्ने अवसर पाइन् ।
सुस्मिता सेन
हाईट : ५ फिट १० इन्च
मिस यूनिभर्स भइसकेकी सुस्मिताले एक अन्तर्वार्तामा भनेकी थिइन् कि फिल्म मैने प्यार क्यू किया शुटिङ गर्दा सलमान खान, जसको हाईट ५.७ इन्च मात्र थियो उनीसँग शुटिङ गर्दा धेरै नै समस्या आइपरेको थियो । सलमानको हाईट होचो र उनीभन्दा म अग्लो भएको हुँदा क्यामेरा म्यानलाई फ्रेममा सलमानलाई अग्लो देखाउन ज्यादै मेहेनत गर्नु परेको थियो । त्यत्ति गर्दा पनि फिल्मका कतिपय दृश्यहरुमा सलमान भन्दा म नै अग्ली देखिन पुगेकी थिएँ । हाईटको कारणले नै मिस यूनिभर्स भइसकेकी सुस्मिताले भारतीय सिनेमामा भने धेरै चलचित्रमा अभिनय गर्ने मौका पाइनन् ।
शिल्पा शेट्टी
हाईट : ५ फिट ८ इन्च
शिल्पा शेट्टी आजपनि बलीउडको ग्ल्यामरस हिरोइनको रुपमा चिनिएता पनि करियरको सुरुवाती दिनमा उनको गन्ती कहिले पनि इन्ड्रट्रिको टप एक्ट्रेसको ठाउँमा हुँदैन थियो । यसको एक मात्र कारण थियो उनको लम्बाई । उनी जुन बेला बलीउड सिनेमामा प्रवेश गरिन् त्यो समयका चर्चित हिरोहरु शाहरुख खान, सलमान खान, गोविन्दा, आमिर खान, अनिल कपुर, सुनिल शेट्टी उनीभन्दा होचा कदका हिरोहरु थिए ।
सोनाली बेन्द्रे
हाईट : ५ फिट ८ इन्च
विवाह पश्चात फिल्मबाट टाढा रहेकी सोनाली बेन्द्रे पनि यो कुरालाई मान्छिन् कि लामो कद र पातलो कम्मरकै कारण उनलाई त्यो बेला फिल्महरु पाउन अत्यन्त गाह्रो हुने गर्थ्यो । सोनालीको करियर हिन्दी फिल्ममा केही बर्ष टिकेतापनि उनको गन्ती कहिलेपनि टम हिरोइनमा हुन सकेन । सोनाली अब फिल्मभन्दा टाढा छिन् । तर कयौं टिभी रियालिटी शोहरुमा जर्जको रुपमा उनी देखा पर्ने गरेकी छिन् । उनी हालै टेलिभिजनमा प्रशारण भएको अजिब दास्ता है येंमा देखा परेकी थिइन् ।
यूक्ता मुखी
हाईट : ६ फिट १ इन्च
बलीउडको साथ साथै साउथ इण्डियन चलचित्रमा काम गरेकी हिरोइन यूक्ता मुखीले जम्मा ६ वटा चलचित्रमा काम गरेकी छिन् । लामो हाईटका कारण उनले मिस वल्र्ड जितेतापनि त्यहि लामो हाईटकै कारणले गर्दा फिल्म करियर भने उनको फल्प हुन पुग्यो ।