गएको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘राधा’ आजबाट दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्ता सुखद व्यापार गरेको चलचित्र ‘राधा’ ले यो शुक्रबार भने अर्को नेपाली चलचित्र द विनरसँग कडा टक्कर गर्नु पर्ने देखिन्छ । नायक जीवन लुइँटेल र नायका सञ्चिता लुइँटेलको मुख्य भुमिका रहेको चलचित्र राधाले पहिलो हप्तामा ६० लाख माथीको विजनेश गरेको बताइएको छ तर यो चलचित्रले लगानी उठाउन भने २ करोडको कारोबार गर्नु पर्ने चलचित्रका निर्देशक योगेश घिमिरेले बताएका छन् । ‘नाइँ नभन्नू ल ३’ बाट कमब्याक गरेर पनि खासै चर्चामा आउन नसकेकी नायिका सञ्चिता र लगातार आफु अभिनित चलचित्रहरु असफल भइरहेको अबस्थामा नायक जीवन लुइँटेललाई पनि चलचित्र ‘राधा’ सफल भएको खण्डमा राम्रो हुने भने देखिन्छ । यो चलचित्रले दोस्रो हप्तामा आफ्नो लगानी सुरक्षित गर्न सके ‘राधा’ यस बर्षको सफल चलचित्रको सूचीमा दर्ता हुनेछ । निर्मापक्षले यो चलचित्रको ७० लाख लगानी बताएको छ । नारी प्रधान भनिएको यो चलचित्रको ट्रेलर र गीतले भने यसअघि नै दर्शकहरुको मन जितिसकेको थियो । यस चलचित्रको निर्माण बिष्णुमणि दाहाल र शुशील कार्कीले गरेका हुन् । चलचित्रको छायाँकन भने मनकृष्ण महर्जनले गरेका हुन् ।