बलिउड अभिनेता शाहरुख खान ५१ वर्षका भए । २ नोभेम्बर सन् १९६५ मा जन्मेका शाहरुख फिटनेशलाई लिएर कडा मेहनत गर्छन् । तर, उनको नराम्रो बानी भने उनले कहिल्यै छोड्न सकेनन् । उनी स्वास्थ्य बद्धक खाना, कसरत सबै गर्छन् ।
तर, मुख्य चुरोटको लतबाट उनी बाहिर आउन सकेका छैनन् । शाहरुख खानलाइै धेरै सार्वजनिक ठाउँमा चुरोट पिउँदै गरेको देखिएको थियो । उनको नाम पनि चेन स्मोकर्सको सुचीमा पर्ने गर्छ ।
सन् २०११ मा उनले एक अन्तर्वार्तामा भनेका थिए कि उनले १०० भन्दा बढी चुरोट एकदिनमा पिउने गरेका थिए । तर, परिवारको दबाबका कारण उनले चुरोट पिउन कम गरे । धेरै कोशिस गर्दा पनि उनले चुरोट छोड्न भने सकेनन् ।
रणवीर कपुर
रणवीर पनि बलिउडको चेन स्मोकर्सको गिन्तीमा पर्छन् । उनी जब कटरीनासँग अफयेरमा थिए तब उनले चुरोट छोड्न अस्ट्रेलिया मेडस्पा गएर इनजेक्सन लगाउने काम समेत गरेका थिए । केही समयका लागि चुरोट पिउने बानीमा सुधार आएको थियो । तर, ब्रेकअप पछि उनी फेरि चुरोटको सहारा लिन थालेका थिए । चुरोटको लत छोड्न उनले इलेक्ट्रोनिक हुक्काको प्रयोग समेत गरेको बताइएको छ ।
अजय देवगन
अजयलाई पनि चुरोट पिउने नराम्रो लत रहेको छ । सन् २०१० मा उनले दिएको एक अन्तर्वार्तामा भनेका थिए,‘मलाई रक्सी र स्मोकिङले फिट राख्ने काम गर्छ ।’
संजय दत्त
अरु अभिनेता झै संजय दत्त पनि चुरोटको लत छोड्ने बताउँछन् । तर, उनले पनि हालसम्म चुरोट पिइनै रहेका छन् ।
इरफान खान
इरफान खान आफ्नो चुरोट पिउने बानी भएको स्विकारछन् । उनले पहिलो पटक प्ले गर्दा चुरोट पिएका थिए । त्यसपछि लागेको बानी हालसम्म छुट्न सकेको छैन ।
रोनित रोए
रोनित रोए यस्ता चेन स्मोकर्स हुन् जसले दिनमा २०–२५ वटा चुरोटसम्म पिउने गर्छन् । अरु सेलिब्रिटी झै उनी पनि चुरोट छोड्ने कुरामात्र गर्छन् तर छोड्न सक्दैनन् ।