धेरै जसो महिलाहरु गर्भवती अवस्थामा विश्राम गर्न रुचाउँछन् । आफ्नो गर्भवस्थाबारे बाहिर जानकारी दिन पनि उनीहरु हिचकिचाउने गर्छन् । तर, अभिनेत्री करिना कपुर यो विचार लागु भएन । उनले गर्भावस्थाका अन्तिम दिनहरुसम्म पनि उत्तिकै एक्टिभ रुपमा काम गरेर देखाइ दिएकी छिन् ।
केही दिन अगाडी उनले एक म्यागजिनका लागि समेत फोटो खिचाएकी छिन् । गर्भवती भएको अवस्थामा आफुलाई संकुचित पारेर राख्नभन्दा पनि खुलेर जिउन उनले एउटा गतिलो उदाहरण दिएकी छिन् । सन् २०१२ मा सैफ अली खानसँग विवाह गरेकी अभिनेत्री करिना कपुर सैफकी कान्छी श्रीमती हुन् ।
उनले गर्भवती भएको अवस्था गरेका कामहरुले त अझ बलीउड मात्र होइन पूरा दुनियाँ नै चकित भएको छ । आज हामीले ५ बुँदामा करिना गर्भवती हुँदा दिएका बयान र कामहरु प्रकाशन गरेका छौ ।
१. जब उनले गर्भवती भएको घोषणा गरिन् तब उनले एक अन्तर्वार्तामा भनिन्,‘गर्भवती हुनु भनेको आफ्नो करिअरलाई मार्नु होइन् । म गर्भवती भएकी हुँ…मरेकी होइन । यो देशको लागि क्षति पनि होइन ।’
२. उनले बेबी बम्प लुकाउने काम गरिनन् । उनले आफ्नो जीवनको कुनै पनि भुमिका नलुकाउने र आफु आमा बन्न लागेकोमा गर्वको महसुस गरिरहेको बताएकी थिइन् ।
३. सन् २०१६ को लक्मी फेशन विकमा उनले र्याम्पमा हिडेर देखाइदिइन् । शव्यासाचीको आग्रहमा उनले उक्त कार्यक्रमा भाग लिएकी थिइन् । गर्भवती भएको अवस्थामा समेत आफुलाई कसरी व्यस्त राख्ने र एउटा भावानात्मक हिसाबले पनि आफु उत्साहित रहेको उनले बताएकी थिइन् ।
४. उनले १८ वटा भन्दा धेरै ब्राण्डहरुको प्रोमोट गर्ने काम गरिन् । उनलाई विश्रामबारे प्रश्न गर्दा उनले जबाफ दिएकी थिइन्,‘म दिनमा काम गर्छु राति अराम । पहिलाका पौराणिक कुरामा अल्झेर बस्ने मान्छे म होइन ।’
५. उनले आफ्ना सबै व्यवसायिक प्रतिवद्धता कायम राखिन् । धेरै फिल्म निर्माताहरुले उनले फिल्ममा काम नगर्ने सोच बनाएको मानसिकता बोकेका थिए । तर, उनले सबैलाई गलत प्रमाणित गरिदिइन् । फिल्म ‘विरे दि वेडिङ’ बाट उनले हात झिक्ने सम्भावना बढी रहेको बताइएको थियो तर निर्माताले बेबी बम्पका कारण फिल्म नरोकिने बताएका थिए ।