पोर्न स्टारको रूपमा चर्चा कमाएकी बलिउड अभिनेत्री सन्नी लियोन यतिबेला आफ्नो नयाँ फिल्म ‘रइस’को प्रचारमा छिन् । उनले शाहरुख खानसँग फिल्म ‘रइस’ मा काम गरेकी छन् ।
शाहरुख खानसँग काम गर्न पाउनुलाई उनले आफ्नो जीवनको सफलताका रूपमा लिएकी छन् । पोर्न फिल्ममा प्रवेशसँगै विभिन्न संघर्षपछि यो क्षेत्रमा आएर सफल हुँदा आफूले नाम र दाम खुबै कमाएको उनले बताएकी छन् । उनी अब पोर्न फिल्ममा नफर्कने बताउँछिन् ।
तर, आफूले पोर्न स्टार भएयता आमा, बुबाको माया र साथ नपाएको यी अभिनेत्रीको भनाइ छ । जीवनमा सबै सफलता पाउँदा पनि अझै अभिभावकको मन जित्न नसकेकोमा उनलाई दुःख लागेको छ । पोर्न फिल्म खेल्ने निर्णयलाई परिवारले नस्विकारेपछि आफूले परिवारविरुद्ध गएर पोर्न फिल्म खेलेको यी अभिनेत्रीको भनाइ छ । तर, आफूलाई बलिउड फिल्ममा कलाकार, निर्देशक निर्मातासँगै दर्शकले साथ दिएकोमा उनी खुसी छिन् ।
बलिउडमा चर्चित स्टारसँग काम गरिसकेपछि उनी हलिउडका स्टारसँग काम गर्ने योजनामा छिन् ।