बलिउड नायक रणवीर सिंह निकै प्रमिल व्यक्ति मानिन्छन् । यदि उनले कसैलाई प्रेम गर्छन् भने मनदेखी गर्छन् । त्यसैले त उनी वभिन्न सार्वजनिक सभा समारोहहरुमा पनि निर्धक्क रुपमा दीपिकाको साथमा देखिन्छन् र माया जताउँछन् । दिपिकालाई प्रेम दर्शाउन रणवीरलाई कुनै बहाना चाहिंदैन । बस् उनलाई दीपिका भए पुग्छ ।
तर उनको यस्तो अपार प्रेम सम्बन्धका बारेमा पनि दीपिकाको परिवार भने हालसम्म मौन नै थियो । तर दिपिकाका बाबुले कफि विद करण सोमा आफ्नी छोरी दीपिका उत्कृष्ठ बधु भएको बताएका छन् । उनले आफ्नी छोरी दीपिका रणवीरका लागि उत्कृष्ठ बधु भएको बताएका हुन् । बाबु प्रकाश पादुकोण उनीहरुबीचको प्रेम सम्बन्धमा फाटो नआएकोमा पनि विश्वस्तदेखिन्थे ।