आफ्नो शुरुवाती दिनमा शाहरुख खान मुम्बईमा एउटा फ्ल्याटमा बस्थे । मुम्बईको श्री अमृत अपार्टमेन्टको ७ औ तलामा उनको ३ बेडरुमको फ्ल्याट थियो । तर शाहरुख आज करोडौंको बंगलाका मालिक छन । शाहरुखको दुबईमा आफ्नै भब्य महल छ । जसको नाम सिग्नेचर हो ।
दुबईको जुमेराह बीच नजिकै रहेको उनको महलमा ६ बेडरुम रहेको बताइन्छ । उनको यो महलको मूल्य २०११ मा १७.८५ करोड रहेको थियो । शाहरुखको महल समुन्द्रमा बनेको एक आर्टिफिसियल आईल्याण्ड हो । यसलाई मूख्य जमीनमा जोड्नको लागि ३०० मिटरको पुल बनाइएको छ ।
गैजेट्स सेवी किंग खानको यो महलमा रिमोट कन्ट्रोलवाला २ कार गैराज छ । यहाँ एक पूल र प्राइवेट बीच छ, जुन खान फेमिली बग्गी राइड्सका लागि प्रयोग गर्ने गर्छन । शाहरुखको यो घरमा फराह खानको फिल्म ‘हैप्पी न्यू ईयर’ को शूटिंग पनि गरिएको थियो ।