‘झलक दिखला जा’ सीजन ९ की विजेता नेपाल रुपन्देहीकी चर्चित डान्सर तेरिया मगरको चर्चा यति बेला चौतर्फी छ । हिजो साँझ बलीउडस्टार सलमान खानले ‘बिग बोस’ को घरमा ‘झलक दिखला जा’ सीजन ९ को विजेता घोषणा गर्दै तेरियालाई ट्रफी प्रदान गरेका थिए ।
फिनालेमा १४ बर्षकी तेरियाले सलमान युसुफ खान र शांतनु माहेश्वरीलाई टक्कर दिँदै झलकको ट्रफी र विनिंग प्राइज मनी ३० लाख आफ्नो नाम गरिन् । ‘बलीउड भाष्कर’ अनलाइनले लेखेको छ, तेरिया निकै राम्रो डान्सर हुन र उनले यसअघि रियलिटी शो ‘डान्स इंडिया डान्स’ पनि जितिसकेकी छिन् ।
बलीउडमा इन्ट्री गर्नेछन् तेरिया
डान्सर तेरिया चाँडै बलीउडमा इन्ट्री गर्ने तयारीमा छिन् । ‘बलीउड भाष्कर’ अनलाइनमा प्रकाशित समाचारका अनुसार, तेरियाकी फेभरेट एक्ट्रेस सोनाक्षी हुन, जसको साथ उनी काम गर्न चाहन्छिन् । हालैमा ग्राण्ड फिनालेको दौरान ऋतिक रोशनले पनि उनलाई आफ्नो फिल्ममा काम गर्ने अफर गरेका थिए ।
यस्तो छ तेरियाको ड्रीम
विनर बनेकी तेरियाले भनिन्, ‘मलाई थाहा छैन कि म शो जितेपछि के गर्नेछु । तर म बलीउडमा ज्वाइन गर्न चाहन्छु । म बलीउडको टिभी हेर्दा हेर्दै ठूली भएकी हुँ । यदी मलाई मौका मिल्यो भने म अबश्य पनि यस क्षेत्रमा काम गर्न चाहन्छु ।’
शोको बीचमा आउट भएकी थिइन तेरिया
झलकको बीचमा तेरिया बाहिरिएकी थिइन, तर उनलाई वाइल्ड कार्ड इन्ट्री मिल्यो र त्यसपछि तेरियाले आफ्नो शोको सफर गरिन् र अन्तत उनी शोको विजेता पनि बनिन् ।