यति बेला भारतमा भएको नोटबन्दीको असरले साधारण मानिसदेखी उद्योगपतिसम्मको भोक निन्द्रा हराएको छ । यसबाट बलीउड अभिनेत्री शिल्पा सेट्टी पनि अछुतो रहन सकेकी छैनन् । भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा नोटबन्दी पश्चात बलिउड अभिनेत्री शिल्पा र उनका पतिको कम्पनी ठूलो नोक्सान व्यहोर्दै बन्द भएको छ । होम सपिङ च्यानल बेस्ट डिल टिभीको शिल्पाका पति राज कुन्द्रा सिइओ थिए । उनले अहिले कम्पनीबाट राजीनामा दिइसकेका छन् । द इकोनोमिक टाइम्सका अनुसार राज कुन्द्राले गत १५ डिसेम्बरमा इमेलमार्फत आफ्नो राजीनामा पठाएका थिए । राजीनामामा उनले लेखेका छन्, ‘म आधिकारिक रुपमा बेस्ट डिल टिभीको सिइओबाट राजीनामा दिँदैछु । नोटबन्दी एउटा बोल्ड र आवश्यक कदम थियो, तर दुर्भाग्यवस हाम्रो लागि नोक्सानीको कारण बनिदियो ।’
बेस्ट डिल टिभीका सिओओ हरि त्रिवेदीको भनाईमा पैसाको समस्याले गर्दा ‘क्यास अन डेलिभरी’ वाला सम्झौतामा धेरै नोक्सानी भएको छ ।