डायरेक्टर तथा प्रोड्यूसर करन जौहरको बायोग्राफी एन अनसूटेबल ब्वाय हालैमा लञ्ज भयो । पूनम सक्सेनाद्वारा लेखिएको यो बुकमा करनको लाइफका कयौं चकित बनाउने किस्सा समेत खुलेको छ । यति मात्र होइन, यो बुकमा करनले आफ्नो लाइफका केही नदेखिएका र रेयर फोटोहरु पनि शेयर गरेका छन् । बुकमा करनको बच्चादेखी जवान हुँदासम्मका तश्वीर समाबेश छन् ।
-करनले बुकमा आफ्नो कयौं फिल्मको शूटिंगको क्रममा खिचिएको तश्वीर पनि राखेका छन् ।
-यसमा एक फोटोमा करन स्विमिंग पूलमा शाहरुखकी पत्नी गौरी र छोरा आर्यनसँग देखिएका छन् ।
-बुकमा १९९८ को सुपरहित फिल्म कुछ कुछ होता हैको शूटिंगको क्रममा खिचिएको तश्वीर पनि समाबेश छन्, जसलाई करनले डायरेक्ट गरेका थिए । फिल्मका प्रोड्यूसर्स करनका पिता यश जौहर र आमा हीरू जौहर थिए ।