अमेरिकी अभिनेत्री स्कार्लेट जोनसनले महिलाहरुको स्वास्थ्यको मुद्धालाई लिएर एक भाषणमा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यो अपिल गरिन् कि, ‘यदी तपाईलाई तपाईकी छोरीले, परिवार र सबै अमेरिकाबासी महिलाहरुले साथ दिन्छन् भने म तपाईको समर्थन गर्नेछु ।’ लस एंजिलिस टाइम्सको खबरका अनुसार, ३२ बर्षकी स्कार्लेटले आफ्नो जीवनमा प्लान्ड प्यारेन्टहुडको भूमिकाको बारेमा दमदार भाषणा दिएकी थिइन । प्लान्ड प्यारेन्टहुड एक गैर नाफामुलक संगठन हो, जो प्रजनन सम्बन्धी स्वास्थ्य सेवा र यौन शिक्षा उपलब्ध गराउने गर्छ । स्कार्लेटले भनिन्, ‘के तपाई अहिले पनि स्त्री रोग विशेषज्ञसँग आफ्नो समस्या लिएर जानु भयो । यो प्रश्न मेरी आमाले तब सोध्नु भएको थियो जब म १५ बर्षकी थिएँ र मैले आफ्नो शरीरमा आएको परिवर्तनको बारेमा उनलाई बताए । हो, म १५ बर्षको उमेरमा नै स्त्री रोग विशेषज्ञको पास गएको थिएँ । म न्यूयोर्कमा बसेको थिए र त्यहाँ प्लान्ड प्यारेन्टहुडको पास गएँ । त्यहाँ मलाई एक सुरक्षित स्थान मिल्यो जहाँ राम्रो मार्गदर्शन मिल्न सक्थ्यो ।’
‘लकी’ स्टार स्कार्लेटले ट्रम्पसँग अपिल गर्दै भनिन्, ‘‘राष्ट्रपति ट्रम्प मैले तपाईलाई भोट दिइन् । म यो कुराको सम्मान गर्छु कि तपाई हाम्रो निर्वाचित राष्ट्रपति हुनुहुन्छ र म तपाईको समर्थन गर्न चाहन्छु ।