बलीउडका चर्चित र्यापर यो यो हनी सिंहले ६ बर्ष अगाडी चाइल्डहुड फ्रेण्ड शालिनी तलवारसँग विवाह गरेका थिए । एनिभर्सरीको अवसरमा उनले आफ्नी श्रीमतीको साथ एक फोटो पोष्ट गर्दै लेखेका छन्,”It’s been six years now :-)”
बताइदिउँ कि, हनी र शालिनीको विवाह २३ जनवरी, २०११ मा भएको थियो । झण्डै ४ बर्षसम्म उनले बिहेको कुरा लुकाएरै राखेका थिए । यो यो हनी सिंहले आफ्नो करियरको सुरुवात २००५ बाट सुरु गरेका थिए तर उनलाई विवाहपछि मात्र सफलता मिल्यो । ‘लख २८ कुड़ी दा’ बोलको गीतले यो यो हनी सिंहलाई सोचे जस्तै सफलता दियो त्यसपछि उनले करियर कहिले पछाडी फर्केर हेर्नै परेन ।