अघिल्लो वर्ष सलमान खानका भाइ सोहेल खानको ब्यानरमा बनेको फिल्म ‘फ्रिकी अली’ मा नवाजुद्दिन सिद्दिकीसँग काम गरेकी अभिनेत्री एमी ज्याक्सनले हालैमा सबैभन्दा महँगो भारतीय फिल्म ‘२.०’ मा रजनीकान्त र अक्षय कुमारसँग काम गरिन् । यो फिल्मबाट अत्यन्त धेरै अपेक्षा गरेकी एमी अर्कोतिर अभिनेता सलमान खानसँग डेट जान चाहन्छिन् ।
बेलायती सहर लिभरपुलबाट बलिउडमा इन्ट्री गरेकी एमीको नाम यसअघि सलमानसँग जोडिएको चाहिँ थियो । कतिले त सलमानको रोमानियाली गर्लफ्रेन्ड युलिया वन्तुरसँग सम्बन्धविच्छेद भएको र एमीसँग उनले डेट गरिरहेको अनुमान पनि गरे।
त्यसो त रजनीकान्तले फिल्म ‘२.०’को घोषणा गर्दा एमीकै कारण सलमान त्यहाँ पुगेको अनुमान पनि गरियो । तर, यी सब अनुमान मात्र रहेछन् । किनकि, एमी स्वयंले भनेकी छिन्, ‘मलाई समय भयो भने म सलमानसँग डेट जान चाहन्छु । उनीसँगका प्रत्येक पल मेरा लागि स्मरणीय हुन्छन् ।’