सन् १९९९ मा आएको फिल्म ‘वास्तव’ मा संजय दत्तको अपोजिटमा देखिएकी अभिनेत्री नम्रता शिरोडकार ४५ वर्षकी भएकी छिन् । सन् १९७२, जनवरी २२ मा जन्मिएकी नम्रता सन् ११९३ मा मिस इण्डिया भएकी थिइन् । त्यखबखत उनको चौतर्फी चर्चा रहेको थियो ।
त्यसकारण पनि उनले बलिउडमा आफ्नो करिअर बनाउने सपना बोकिन् । उनले बलिउडका केही फिल्महरुमा काम गरिन् तर सफलता पाउन भने सकिनन् । हाल उनी फिल्मी दुनियाँदेखि निकै पर रहेकी छिन् ।बलिउडमा सफलता नमिलेपछि उनले दक्षिण भारतीय फिल्मतिर मोडिइन् । सन् २००० मा तेलुगु फिल्म बामसीको सुटिङको क्रममा उनको भेट साउथका सुपरस्टार महेश बाबुसँग भयो ।
केही वर्ष डेटिङ गरेपछि सन् २००५ मा उनीहरुले विवाह गरेका थिए । महेश बाबु उनीभन्दा ३ वर्षले कान्छा रहेका छन् । महेश र नम्रताका दुईवटा बच्चा, छोरा गौतम र छोरी सितारा रहेका छन् ।